कामविहीन बने कर्मचारी

५ बर्ष अगाडि

अछाम –संघीयता कार्यान्वयनका क्रममा जिल्ला तहमा रहेका कतिपय कार्यालय खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएपछि कर्मचारीलाई कहाँ र कुन अवस्थामा काम गर्ने भन्नेमा अन्योल बढेको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
‘कार्यालय खारेजीमा परेपछि कता काम गर्ने भन्नेमा अन्योल छ,’ वरिष्ठ कृषि विकास अधिकृत विष्णुहरि देवकोटाले भने, ‘स्थायी कर्मचारी जो जहाँ, जस्तो अवस्थामा छौं, मन्त्रालयको निर्देशनमा उतै बसेका छौं।’
 स्थायी कर्मचारीले काम गर्ने कार्यालयकै टुंगो नभएका बेला करारका कर्मचारी निराश भएको देवकोटाले बताए ।धेरै कर्मचारी स्थानीय तहमा गइसके । 
तत्कालीन कृषि विकास कार्यालयका अन्य कर्मचारी अन्योलमा छन् । ‘कार्यालयको छाप, दर्ता चलानी र लेटरप्याड हामीले प्रयोग गर्न बन्द गरिसक्यौं,’ देवकोटाले भने । हाल २ जना करारका र २२ जना स्थायी कर्मचारी अन्योलमा परेको उनले बताए । 

गत आर्थिक वर्षका सार्वजनिक उत्तरदायित्वका पुराना काम बाँकी नभएकाले केही सहज भएको उनको भनाइ छ ।‘ 

५ बर्ष अगाडि

प्रतिक्रिया