बन्न सक्छ कम क्षतिमै विमानस्थल

५ बर्ष अगाडि

काठमाडाैं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित संरचनाको विकल्प नभएको दाबी गरिरहेको छ । वन तथा वातावरणविद्ले भने धेरै वन नमासीकनै विमानस्थल बनाउन सकिने विकल्प प्रस्तुत गरेका छन् ।  अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्षेत्र प्रदेश २ मा पर्छ । प्रदेश २ को क्षेत्रफल सबैभन्दा कम अर्थात् साढे ९ हजार वर्गकिलोमिटर छ । वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आठवटा जिल्ला रहेको यो प्रदेशमा वन क्षेत्र पनि देशभरकै सबैभन्दा कम (३.९८ प्रतिशत) छ । जनघनत्व भने सबैभन्दा बढी छ । 

विगतमा वन प्राविधिक रहेका नेकपा नेता रामकुमार शर्माले राजमार्ग, रेल, विद्युत् लाइन, विश्वविद्यालय, रंगशाला, सुरक्षा निकायका क्याम्प र विमानस्थल निर्माण तराईमा तीव्र पारिँँदा वन क्षेत्र घट्ने भएकाले विकल्पबारे बेलैमा सोच्नुपर्ने बताए । तराईका अन्य ठाउँमा प्रयोगविहीन जमिन र अतिक्रमित क्षेत्रमा विमानस्थल बनाएर प्रदेश २ को प्राकृतिक सम्पदा जोगाउन सकिने उनले सुझाए । 

५ बर्ष अगाडि

प्रतिक्रिया