लोकप्रिय बन्दै ‘मोटरसाइकल ट्याक्सी’

५ बर्ष अगाडि

काठमाडौँ– तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ । 
यसलाई सजिलो भाषामा मोटरसाइकल ट्याक्सी पनि भन्ने चलन छ । यो एप्सको प्रयोग गरेर सर्वसाधारणले सडकमा गुडिरहेको मोटरसाइकलमा भाडा तिरेर यात्रा गर्न सक्नेछन् । दूरसञ्चार तथा बैङ्कमा लामो समय काम गरेका इन्जिनियर शिक्षित भट्टलाई केही फरक खालको काम गरौं भन्ने लागेपछि टुटल एप्सको निर्माण गरे। 
उनले भने, ‘मोटरसाइकलमा हुने खाली सिट उपयोग गरेर सेवा दिन सकिन्छ, जस्तो लाग्यो । हामीलाई नाकाबन्दीको मारमा पनि धेरैले लिफ्ट दिएकाले यो सफल हुन्छ भन्ने विचार आयो । त्यही भएर यो एप्स निर्माण गर्यौं ।’ 
उनका अनुसार जनवरी २०१७ बाट टुटल एप्सको सुरु भयो । सस्तो र छिटो हुने भएपछि हिजोआज टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेका छन् । 
टुटलका नियमित प्रयोगकर्ता अनिता राई भन्छिन्, “हामी जस्तो हिड्नुपर्ने मान्छेका लागि टुटल एकदमै राम्रो छ । सार्वजनिक गाडीमा जान समस्या र समयमा पनि नपुग्ने फेरि ट्याक्सी प्रयोग गर्न महँगो र जामको समस्या हुन्छ, उनी थप्छिन्, ‘टुटलको सेवा छिटो र सस्तो छ ।’ गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया