जिउँदै बालकलाई मरेको भनेपछि राजविराज अस्पताल तोडफोड

५ बर्ष अगाडि

 सप्तरी–अस्पताल ल्याउनुअगावै बाटोमै मृत्यु भइसकेको एक बच्चा जिउँदै छ भन्दै स्थानीयले शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–६ स्थित तेरहौता वीरेन्द्र बजारबाट दुई सयको संख्यामा आएका मृतक बच्चाका परिवारजन तथा आफन्तले आकस्मिक कक्षका चिकित्सकमाथि दुर्व्यवहार गर्दै अर्का अहेवलाई कुटपिटसमेत गरेका छन् । कुटपिटबाट अहेव महानारायण परसेलाको घाँटीमा चोट लागेको छ । आक्रोशित स्थानीयले अस्पतालको कम्प्युटर, इसिजी मेसिनसहितका उपकरण तथा शवगृहसमेत तोडफोड गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया