कुन मेडिकल कलेजले कति सिट पाए ?

५ बर्ष अगाडि

काठमाडौँ–नेपाल मेडिकल काउन्सिलले विभिन्न मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट संख्या निर्धारण गरेको छ ।  काउन्सिलले काठमाडौंँ विश्वविद्यालय अन्तर्गत १० मेडिकल कलेजका लागि ८९० सिट संख्या निर्धारण गरेको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात वटा मेडिकल कलेजका लागि ७६१ सिट तोकेको छ । 
र अाजकाे गाेरखापत्र दैनिकमा छापिएकाे छ । 
नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार विराट मेडिकल कलेजले एमबीबीएस तर्फ ७५ सिट पाएको छ । गतवर्ष पनि विराटले ७५ संख्या पाएको थियो । यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरले यसवर्ष एमबीबीएस तर्फ एकसय सिट पाएको छ ।  बीडीएसतर्फ यो वर्ष ३५ सिट मात्र पाएको छ । 

काउन्सिलका अनुसार देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ । कान्तिपुर डेन्टल कलेज काठमाडौले बीडीएसतर्फ ५० सिट पाएको छ । यो कलेजले गतवर्ष पनि ५० सिट पाएको थियो । सिनामंगलस्थित काठमाडाँै मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसमा केएमसीले ५० सिट प्राप्त गरेको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले यो वर्ष एमबीबीएसका लागि ७५ सिट पाएको छ । बीडीएसतर्फ भने ५० सिट मात्र पाएको छ । 
त्यसैगरी, लुम्बिनी मेडिकल कलेजले पाल्पाले एकसय सिट पाएको छ भने मणिपाल मेडिकल कलेज पोखराले पनि ७५ सिट पाएको छ । जोरपाटीस्थिति नेपाल मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसतर्फ एनएमसीले ५० सिट पाएको छ । नेपालगञ्ज मेडिकल कलेजले एकसय सिट एमबीबीएसतर्फ पाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले ९० सिट पाएको छ । गतवर्ष भन्दा यो वर्ष नोबेलको १० सिट कम भएको छ । बीडीएसतर्फ नोबेलले ३० सिट पाएको छ । गत वर्ष बीडीएसमा ३५ सिट पाएको थियो । 
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ७५, नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपाली सेना मेडिकल कलेज र चितवन मेडिकल कलेज प्रत्येकले एक÷एकसय सिट पाएका छन् । यस्तै, किस्ट मेडिकल कलेजले ९०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकसय सिट पाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया