ओलीलाई माधव नेपालको सुझाव – ‘धेरै सुन्नू, थोरै बोल्नू’

५ बर्ष अगाडि

टेक्सास– नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई धेरै सुन्न र थोरै बोल्न सुझाव दिएका छन् ।
अमेरिकाकामा सञ्चारकर्मीसँग कुरा गर्दै  पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए ।
उनले सरकार सञ्चालनका लागि पार्टीमा आन्तरिक छलफलको कमी भएको गुनासो गरे । नेकपामा धेरै अनुभवी नेताहरु भएको तर सरकार सञ्चालनका लागि पर्याप्त छलफल नहुने गरेको उनको भनाई थियो ।
सरकारको कामको रिजल्ट अझै हेरिसक्ने समय नभएको भन्दै नेता नेपालले केहि समय पछि सरकारले देखिने गरि रिजल्ट निकाल्ने बिश्वास दिलाए ।
 दुई पार्टीबिचको एकता लामो छलफल र गृहकार्यमा भएको बताउंदै नेपालले एकता कमजोर नहुने दावी गरे । आफु ७० बर्षसम्म सकृय राजनीति गर्ने नेपालको भनाई थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया