मोटरसाइकलमा अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने युवक पक्राउ

५ बर्ष अगाडि

कैलाली–प्रहरीले ७१ लाख ७९ हजार भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । 
से ४ प ६७६० नम्बरको मोटरसाइकलमा सो अवैध भारतीय रुपैयाँ बोकेर ल्याउने लम्की चुहा नगरपालिका–१  ३२ वर्षीय कृष्णराज जैसी पक्राउ परेका हुन् ।
 भारततर्फबाट नेपाल ल्याउँदै गरेको सो रकमसहित उनलाई  कैलालीको भजनी नगरपालिका–३ मोरिया घाटबाट आइतबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरि ओलीले जानकारी दिए । 

सशस्त्र प्रहरी बल भजनीको टोलीबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको छ । 

उनी लम्कीका स्थानीय व्यापारी भएको बताइको छ । उनले कुन प्रयोजनका लागि सो रकम ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया