नवनियुक्त एआईजीले पाए दर्ज्यानी चिह्न

५ बर्ष अगाडि

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

यहि असोज ५ गते बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार डिआइजीबाट एआइजीमा बढुवा भएका डिआइजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदान गरेसँगै पदस्थापन समेत गरिएको छ । 

कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्यरअपराध अनुसन्धान विभाग, राईलाई प्रहरी प्रधान कार्यालय मानवस्रोतरप्रशासन विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको हो । 

सो अवसरमा महानिरीक्षक खनालले बढुवापछिको सङ्गठनलाई योगदान अझै बढी हुने भएकाले नेतृत्व, निर्णय क्षमता, साङ्गठनीक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप क्षमताको राम्रो प्रदर्शन गरी महत्वपूर्ण ढङ्गले काम गर्नुपर्ने बताए । 

उनले सकारात्मक सोच, सङ्गठनको नीति र कानूनसम्मत काम गर्नुपर्ने बताउँदै नीति विपरीत कार्यमा सङ्लग्न जोकोहीलाई कारबाही गरिने स्पष्ट पारे । महानिरीक्षक खनालले सङ्गठनलाई नयाँ उचाइमा पुर्‍याउन सबैले जिम्मेवारी बोध र असल आचरणका साथ अगाडि बढ्दै सङ्गठन सुधारमा अतुलनीय योगदान प्रदान गर्ने विश्वास व्यक्त गरे । 

५ बर्ष अगाडि

प्रतिक्रिया