आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा

साउन २१, २०७७ | आजको अर्थ
ajaako_artha

आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् ।

बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।

प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९  उडान र दुर्गममा हुने उडान ९स्टल० का लागि नौ वटा गरी दैनिक ४८  उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् । 

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताए । हेलिकप्टरको उडान थपिनेछ ।     

बुद्ध एयरले १८  उडान अनुमति पाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान सञ्चालनका लागि आवश्यक सबैखाले तयारी गरिएको बताए । बुद्ध एयरले सबै गन्तव्यमा उडान गर्ने योजनाअनुरुप टिकट बुकिङ खुलाएको उनले जानकारी दिए । 

बुद्धले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ । सामान्य अवस्थामा दैनिक १०० हाराहारी उडान गर्ने बुद्धले बन्दाबन्दीपछिको शुरुआती चरणको उडानमा कम सङ्ख्यामा उडान गर्नेछ ।
    
निजी क्षेत्रको अर्को यती एअरलाइन्सले ११ उडान अनुमति पाएको छ । सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल प्राधिकरणबाट अनुमोदन गराई पूर्वाभ्यास गरिरहेको छ । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दैनिक रुपमा कर्मचारीलाई अभ्यास तथा स्वास्थ्य सर्तकताका सबैखाले तयारी गरिएको जानकारी दिए ।

यतीले शुरुमा ११ उडान गर्नेछ । अवस्था हेरेर क्रमशः उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । यतीले सामान्य अवस्थामा दैनिक ७० सम्म उडान गर्दै आएको थियो । यतीसँग हाल पाँच एटिआर र पाँच जेटस्ट्रिमसहित १० जहाज छन् ।  
    
आठ उडान अनुमति पाएको श्री एयरले पनि आफ्ना गन्तव्यमा सुरक्षित उडानका लागि पूर्वअभ्यासलगायत तयारी गरिसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताए । पहिला दैनिक २० उडान गर्ने श्रीले पनि भदौ पहिलो साताभर दैनिक आठ उडान गर्नेछ । कम्पनीसँग सिआरजे ७०० र सिआरजे २०० सिरिजका समान दुई जहाज तथा ‘ड्यास एट’ दुई गरी जम्मा छ वटा जहाज छन् ।
    
समान तीन उडान पाएको सीता र समिट तथा सीम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएका छन् । सौर्य एयरलाइन्सको जहाज ग्राउण्डेड रहेकाले उडानको यकिन भएको छैन । विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ ।


 यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८