हुन थाल्यो तरकारी बजारको अनुुगमन

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा अत्यधिक तरकारीको भाउ आकाशिएको भन्ने गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ ।
 काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञापछि बजारमा तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो आउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन बढाएको हो ।

बिहीबार विभागबाट १५ वटा अनुगमन टोलीले उपत्यकाका विभिन्न ७० वटाभन्दा बढी खुद्रा तरकारी पसलको अनुगमन गरेको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले उपत्यकाका कीर्तिपुर, कलङ्की, चाबहिल, कपन, मूूलपानी, बानेश्वर, कोटेश्वर, बालकोट, कागेश्वरी मनहरा, जोरपाटी, महाराजगञ्ज, वसुन्धारा, कुसुन्ती, सामाखुसीलगायत स्थानमा अनुगमन गरेको जानकारी दिए ।
बजार अनुगमनका क्रममा तरकारीको मूल्य ठाउँपिच्छे फरकफरक भएको र पहिलोपटक खुद्रामा अनुगमन गरिएकाले सुधार गर्न निर्देशन दिनेबाहेक अन्य कुनै प्रकारको जरिवाना तथा कारबाही नगरिएको पनि उनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया