उपत्यकमामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी

३ बर्ष अगाडि

 काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पु¥याइएको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यस विषयमा छलफल भएको र बुधबार निर्णय हुने जानकारी दिए । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय लिन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था नियमित सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन ।
उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ । गोरखापत्रमा खबर छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया