बिहीबारको शेयर कारोबारको राफसाफ यस कारण स्थगित

३ बर्ष अगाडि

काठमाडौं – सिडिएस एण्ड क्लियरिङ्गले गत बिहीबार अर्थात् भदौ २५ गतेको शेयर कारोबार स्थीगित गरेको छ । नेपाल स्टक एक्सचेन्जको निर्देशनमा सिडिएसले उक्त दिनको कारोबारको राफसाफ स्थगन गरेको हो । 
बिहीबारको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएको हुनाले नेप्सले सो दिनको कारोबार सेटलमेन्ट पछि सार्न आग्रह गरेको थियो । सोहीअनुसार राफसाफ गर्ने कार्य स्थगन गरिएको हो । 
अर्काे सुचना प्रकाशित नभएसम्म यो स्थगन नै हुने बताइएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया