सुनको मूल्यमा भारी गिरावट, एकै दिन १७ सय रुपैयाँले घट्यो

मंगलबार, ०६ असोज २०७७, १२ : ४४

आज  सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। 

मंगलबार एकै दिन सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटे्को हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य बढेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदीको भाउ भने तोलामा ९० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार, ०६ असोज २०७७, १२ : ४४

प्रतिक्रिया