आज पनि बढ्यो सुनचाँदीको मूल्य

बुधबार, १४ असोज २०७७, ११ : २५

आज पनि सुनचाँदीकोको मूल्यमा वृद्धि भएको छ । 

हिजो तोलामा ९०० रुपैयाँले उकालो लागेको सुनको मूल्य आज  ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बजारमा छापावाला सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
 

बुधबार, १४ असोज २०७७, ११ : २५

प्रतिक्रिया