काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २१ वटा उद्योग विरुद्ध मुद्दा चलाएको छ। विभागका सहप्रवक्ता सन्तोष दाहालले खाद्य ऐन विपरीत रहेका दुई उद्योगको उत्पादन रोक्का गरिएको र अन्य २१ उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिएका छन ।
दाहालले विभाग र मातहतका कार्यालयबाट ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग र खाद्य पसलमा अनुगमन गरिएको बताए। उनका अनुसार खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धि १५५ गरी ४३३ नमूना सङ्कलन र तिनको परीक्षणका क्रममा १४ वटा नमूना प्रतिकुल देखिएकाले कारावही गरिएको हो र बाँकी अनुसन्धान कै क्रममा रहेको बताएका छन ।
उनले यो अघि कोभिड १९ कारणले खानेपानी, दुध तथा दानाको अनुगमन गरिएको बताए।
यसैगरी उनले चाडपर्वलाई मध्यनजर गर्दै अनुगमनका लागि विभागले टोली तयार गरेर परिचालन गरिएको बताएका छन ।
विभागका अनुसार यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमूना सङ्कलन भएको थियो ।
सातवटा दुग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमूना सङ्कलन भएको छ भने खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमूना सङ्कलन गरिएको र एउटा प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया शुरु गरिएको उनले बताए।
प्रतिक्रिया