सुनको मूल्य घट्यो

बुधबार, २८ असोज २०७७, ११ : ३९

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा 

कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ । 

मंगलबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 
 

बुधबार, २८ असोज २०७७, ११ : ३९

प्रतिक्रिया