सानिमा क्यापिटलको बार्षिक साधारण सभा कात्तिक २१ गते, ८.५ % लाभांश पारित गरिने

३ बर्ष अगाडि

काठमाडौं – सानिमा क्यापिटलको पाचौं बाार्षिक साधारण सभा अर्थात् आव २०७६÷७७ बार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । गत असोज १८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सो दिन कम्पनीको पुतलीसडकको स्थित कार्यालयमा अपरान्ह २ बजे साधारण सभा सुरु हुने बताइएको छ । 
सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, गत आवको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमा छलफल गरि पारित गर्ने कार्यक्रम पनि रहेको छ । 
यस्तै, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरिने बताइएको छ । यसका अलावा अन्य विविध बिषयमा पनि छलफल हुन सक्ने कम्पनीको भनाइ छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया