सानिमा जनरलको आईपीओ बाँडफाँडः करिब ९ लाख आवेदकमा २ लाख ७३ हजारले पाए १०/१० कित्ता

३ बर्ष अगाडि

काठमाडौं – सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको हो । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज शुक्रबार बिहान आईपीओ बाँडफाँट गरेको हो । 
क्यापिटलले यसका लागि हिजो आईपीओको प्रि– अलोटमेण्ट गरेको थियो ।
कम्पनीले गत असोज २१ गतेदेखि २५ गतेसम्म ३० करोड कित्ता आईपीओ निकाष्शन गरेको थियो । त्यसमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । 
त्यसमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा थियो । त्यसमा ३ हजार ३६० जना आवेदक भने रद्द भएको छ  । 
त्यसमध्ये ५ लाख ९० हजार ५८५ जना आवेदकले शेयर पाएका छैनन् । क्यापिटलका अनुसार २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाद्धारा १०÷१० कित्ता। पाएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया