एनएमबी बैंकको नयाँ व्याजदर घोषणाः घर र गाडी कर्जाको व्याज कति ?

३ बर्ष अगाडि

काठमाडौं – एनएमबी बैंकले निक्षेप तथा कर्जाको नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरि नयाँ व्याजदर निर्धारण गरेको हो । 
बिशेषगरि बैंकले घर तथा सवारी कर्जा लागयतका व्यक्तिगत आवधिक कर्जामा स्थिर व्याजदर लागू गर्ने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले असोज मसान्तसम्म स्थितर व्याजदर सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको हो  
बैंकले बचतमा २.२५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म व्याज दिने बताएको छ । यस्तै, फिक्स डिपोजीटमा ४.० देखि ९.२५ प्रतिशतसम्म व्याजदर निर्धारण गरिएको छ । यस्तै, कर्जा तर्फ बेस्ट रेटमा न्यूनतम २ प्रतिशतदेखि अधिक्तम ५ प्रतिशत प्रिमियम जोडर व्याजदर निर्धारण गरिने बैंकको भनाइ छ । 
यस्तै, रिटय बैंकिङ तर्फ घर कर्जामा ९.४९ प्रतिशतदेखि १२.२४ प्रतिशतसम्म व्याज निर्धारण गरिएको छ । यस्तै, ल्यान्ड पर्चेचमा ९.४९ देखि १२.२४, पोपर्टी लोनमा ९.९९ प्रतिशतदेखि १२.७४, एजुकेशन लोनमा ९.७४ प्रतिशतदेखि १२.७४, व्यक्तिगत कर्जामा १ं०.४९ प्रतिशतदेख १२.४९, व्यवसायीक कर्जामा ११.२४ प्रतिशतदेखि १३.२४ र तलवी कर्जामा ९.९९ प्रतिशत देखि १३.९९ सम्म व्याजदर निर्धारण गरिएको छ । कर्जाको अवधी र प्रकृतिअनुसार व्याजदर फकर फरक हुने बताइएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया