माउण्टेन इनर्जीले आइपिओ बिक्री गर्ने

५ बर्ष अगाडि

काठमाडौँ - पछिल्ला दिनमा विभिन्न जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने घोषणा गरिरहँदा त्यसमा माउण्टेन इनर्जी नेपाल पनि थपिएको छ । सो कम्पनीले रु ३९ करोड ३६ लाखबराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । 

साधारण शेयर बिक्रीका लागि कम्पनी र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र सिबिआइएल क्यापिटल लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत सविरबादे श्रेष्ठ र सिबिआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गरेका छन्  । कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र आम सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने जानकारी दिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया