पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण, ३ हजार १६८ जना डिस्चार्ज

मंगलबार, ११ कार्तिक २०७७, १६ : ४०

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ रहेको छ भने २ हजार ९ सय ३२ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ७६ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार, ११ कार्तिक २०७७, १६ : ४०

प्रतिक्रिया