रामदेवले नेपालमा योग विश्वविद्यालय खोल्ने

बुधबार, १७ असोज २०७५, १३ : ०५

काठमाडौं–पतञ्जली योगपीठ नेपालले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।

पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिएका हुन् । 
 बुधबार मण्डिखाटारस्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले  नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको पनि स्पष्ट पारे । 
 त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्र्पोटस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ । प्रतिभाशाली बालबालिकाहरुलाई अघि बढाउन नेपालमा स्र्पोटस् विद्यालय स्थापना गर्ने सोच पनि बनाइएको अध्यक्ष बालकृष्णले बताए । 

नेपाली मूलका आचार्य बालकृष्णले पतञ्जली योगपीठले नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वस्थ्थ बनाउन चाहेको पनि बताए । 
उनले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने पनि स्पष्ट पारे । 
 अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दावी पनि गरे ।

चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतंजली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ । 
अध्यक्ष बालकृष्णले पतंजली योगपीठको आयूर्वेदका उत्पादनहरु गुणस्तरहीन रहेको स्वीकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

बुधबार, १७ असोज २०७५, १३ : ०५

प्रतिक्रिया