थपिए २ हजार ३ सय ६४ जना कोरोना संक्रमित, ३ हजार ३८ जना संक्रमित डिस्चार्ज

३ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२  पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ रहेको छ भने ००जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया