चिनीको मूल्य प्रतिकेजी रु ६३  कायम राख्न सरकारलाई निर्देशन

विहीबार, १८ असोज २०७५, १५ : १९

काठमाडौं–संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी रु ६३ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । 

समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । 
चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । 
 बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । 
समितिले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी ओली र चिनी उद्योगीबीच केही समय अघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई कडा निर्देशन दिएको हो ।
 समितिले उखु किसानको बक्यौता रकम १५ दिन भित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।
 

विहीबार, १८ असोज २०७५, १५ : १९

प्रतिक्रिया