कुमारी बैंकको साधारण सभा मंसिर २९ गते, कहिले हुन्छ बुक क्लोज ?

३ बर्ष अगाडि

काठमाडौं – कुमारी बैंकको २० औं वार्षिक साधारण सभा मंसिर २९ गते हुने भएको छ । बैंकले सो दिन भर्चुअल माध्यमबाट साधारण सभा गर्न लागेको हो ।
बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११ः३० बजे साधारण सभा हुने बताइएको छ ।
उक्त सभाले १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । 
साथै, यस बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा पाप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १५ गते एक दिन बन्द रहनेछ । मंसिर १४ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया