स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्रीमा

३ बर्ष अगाडि

काठमाडौं - स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि बिक्रीमा आएको छ । कम्पनीले लिलामीमा उक्त शेयर बिक्री गर्न लागेको हो । 
कम्पनीले १ लाख २६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले पुस १२ गते सम्म बोलपत्र पेश गर्नसक्नेछन् । 
शेयरको न्यूनतम मूल्य ४९२ रुपैयाँ तोकिएको  छ । त्यो अनुसार आवेदककले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम कित्ता १ हजार कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया