गुल्मीमा भएको जिप दुर्घटना एक एकै गाउँका ६ जनाको मृत्यु

३ बर्ष अगाडि

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा वडा नं ४ का ६५ बर्षका डम्मर बहादुर हिताङ , ३३ का शिवहादुर दर्लामी , ३० बर्षका वसन्त दर्लामी , ३३ बर्षका धनबहादुर दर्लामी, मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापा र १९ वर्षीय फर्सुराम थापाकाे मृत्यु भएकाे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनीहरूमध्ये फर्सुरामकाे गुल्मी अस्पतालमा उपचारको क्रममा र अरू ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा इश्मा वडा नं ४ का १९ बर्षका फर्सुराम थापा , २८ बर्षकी सरस्वती दर्लामी र २६ का कमल हिताङ घाइते भएका प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताए । घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताए ।

बिहान ७ः२० बजे भएको दुर्घटनामा जीप सडक देखि अनियत्रित भई चार सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक इस्मा ४ बस्ने २४ बर्षका चालक बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया