संसद विघटन अघि नै प्रधानमन्त्रीको भारतसँग सेटिङ्ग

सोमबार, ०६ पुस २०७७, १० : १६

प्रधानमन्त्री ओलीले वर्तमान संविधानको आलोचना गरेको भारतीय पक्षको ईशारामा संसद विघटन गरेको खुलासा भएको छ । संसद विघटनपछि आफूनिकटहरुसँग कुरागर्दै ओलीले सुरक्षा अंग, अदालत र भारतलाई म्यानेज गरिसकेको बताएकोले भारतकै ईशारामा कदम चालेको खुलेको हो । 

भारतले नेपालको संविधानमा धर्मनिरपेक्षता र गणतन्त्रको शुरुदेखि नै बिरोध गरेकोले अहिले केपी ओलीले पुरानो संविधान ब्यूँताउन उनीहरुकै ईशारामा संसद विघटन गरेको कान्तिपुरका सम्पादक सुधिर शर्माको भनाई छ ।  

‘जब उनले आफूविरुद्ध भित्री–बाहिरी मोर्चाबन्दी भएको देखे, भारतीय सेनापति नरवणेदेखि ‘रअ’ प्रमुख गोयल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग समेत गोप्य वार्ताको सिलसिला पूरा गरे, अनि उनमा आत्मविश्वास एकाएक बढ्यो’, शर्माले कान्तिपुरमा 'अस्थिरताका निमित्त नायक' शिर्षकाे लेखमा लेखेका छन्, ‘जंगी अड्डासँगको सकारात्मक सम्बन्धलाई पनि उनले राम्रोसँग तौलिए । संवैधानिक परिषद्का विवादास्पद निर्णयमा प्रधानन्यायाधीशलाई पनि तान्न सफल भए । अनि सबैलाई ‘म्यानेज’ गरिसकेको निष्कर्ष निकालेर अन्तिम अस्त्र प्रयोग गरे— संसद्विरुद्ध ।’ 

तर त्यो प्रहार आफैंविरुद्ध भएको र ओलीले कुनै बेला महसुस गर्ने शर्माको भनाई छ। 

कांग्रेसबाट धर्मनिरपेक्षताविरुद्ध र प्रधानमन्त्री ओलीबाट संघीयताविरुद्ध बेलाबखत प्रकट हुने अभिव्यक्तिले संविधानको मूलभूत अवधारणालाई नै हिर्काइरहेको अबस्थामा ओलीले आफ्नो अविव्यक्ति कार्यान्वयन गरेको शर्माको भनाई छ । ‘धर्मनिरपेक्षता र सम्भवतः गणतन्त्रसमेतको मामिलामा सीमापारिका सत्तासीनहरूको चासो पनि अचेल निकै झल्कन्छ’, उनले लेखेका छन्, ‘त्यसैले मुलुकको दिशा उल्टोतिर फर्काउन चाहनेलाई अहिलेको संसद् विघटन स्वर्णिम अवसर हो । उनीहरूले जति सकिन्छ, अस्थिरतालाई लम्ब्याउन खोज्ने हुन्, ओली–शैलीको महत्त्वाकांक्षालाई बढावा दिने हुन् ।’

शर्माले ओलीको योजनामा साथ दिनका लागि सबभन्दा विवादित भूमिका राष्ट्रपति भण्डारीको रहेको बताएका छन् । ‘प्रथमतः उनले शीतलनिवासलाई पार्टी विवाद मिलाउने र गुट व्यवस्थापन गर्ने अखडा बनाइन्, जो सत्ताको सरासर दुरुपयोग हो’, उनले भनिन्, ‘दोस्रो, उनी सदैव बालुवाटारको विस्तारित अंग मात्र भइन् । उनी यो जिम्मेवारीमा गम्भीर रूपले चुकेकी छन्, जसले दुर्घटनालाई तीव्रता दिन मद्दत पुर्‍यायो ।’ 
 

सोमबार, ०६ पुस २०७७, १० : १६

प्रतिक्रिया