कमरेड घनश्याम भुसाललाइ नेकपाको महासचिव बनाऔं

३ बर्ष अगाडि

संयोग वा परिस्थिति जे होस नेकपा दुइ समुहमा विभाजित भैसकेको छ । केहि दिन भित्रमा पार्टीको रुपमा दर्ता हुने र बिकसित हुने लगभग निश्चित छ । ताजा अवस्थामा नेकपा (दाहाल नेपाल समुह ) संग दुइ अध्यक्ष छन । छिट्टै नै अन्य पदहरुमा पनि नेताहरु छिनोफानो होलान । बाहिर नदेखिएको तर भित्र भित्रै चर्को भैरहेको विषय अहिले नेकपाको महासचिव कसलाई जान्छ , कसले पाउँछ भन्ने पनि हो । विशिष्ट र जटिल समय रहेको हुनाले अब दाहाल र नेपालले सहि मान्छे छनोट गर्नु पर्छ । अझै पनि एमाले र माओबादी मानसिकता कायमै रहेकोले दुवै पक्षलाइ मन बुझ्ने खालको व्यक्ति महासचिव हुनु पर्छ । मेरो नजरमा विविध कारणले कमरेड घनश्याम भुसाल नै नेकपाको महासचिव हुनु पर्छ भन्ने दावी छ । यसका निम्न कारण छन ।

१. एमाले र माओबादी एकताका परिकल्पनाकार ः भन्नलाइ ओली र प्रचण्डको आँटिलो निर्णयका कारण पहिलेको एकता सम्भव भनीए पनि त्यसका अगाडी पछाडी विविध कारण थिए । राजतन्त्र फालिए पछि कम्युनिष्टहरु पहिलो , तेस्रो र सानातिना पार्टीक रुपमा छरिएका थिए । भुसाल तेती बेला पनि कतै एमाले र माओबादी एकता भएर बिशाल कम्युनिष्ट पार्टी बनाउन पो सकिन्छ कि भनेर कल्पना गर्थे । त्यसबेला उहाँले सानोतिनो प्रयास पनि गर्नु भएको थियो । ३ वर्ष अघि पनि कार्ल मार्क्सको २०० वर्षौ जन्मतिथिमा आयोजित मार्क्सवादी प्रशिक्षणमा एमाले , माओबादी , जनमोर्चा र अर्को एक कम्युनिष्ट पार्टीका ३०० युवाहरु माझ भुसाल कमरेडले अबको १० वर्षमा एमाले र माओबादी एक हुने बताउनु भएको थियो । १० वर्ष त लागेन तर समय र परिस्थितिले एमाले र माओबादीलाइ त्यो भन्दा छिट्टै नै एकतामा लेरायो । भुसालले त्यति बेला पनि एकताको कल्पना गर्नु हुन्थ्यो जतिबेला त्यो धेरैलाइ असम्भव लाग्ने गर्थ्यो । त्यसबेला कमरेड भुसालले सामान्य छलफल समेत चलाउनु भएको थियो ।

२. सैद्दान्तिक नेता ः कम्युनिष्ट पार्टी भनेको समाज बदल्ने सपना देख्ने र प्रगतिशीलहरुको पार्टी हो । कम्युनिष्ट पार्टीमा महासचिवको पद भनेको असाध्यै महत्वपुर्ण पद हो । कम्युनिष्ट पार्टीको महासचिवमा प्रचुर मात्रामा सैद्दान्तिक ज्ञानको भण्डार हुनु पर्छ । महासचिवले देशको , विश्वको , छिमेकीको , विश्व संगठनको इतिहास र संरचना बुझेको हुनु पर्छ । खासगरी कम्युनिष्ट पार्टीको महासचिवले राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्व कम्युनिष्ट इतिहास पढेको बुझेको हुनु पर्छ । भुसालले गर्ने भाषणको ५० प्रतिशत कुरा जहिले पनि नेपाली र बिदेशी कम्युनिष्ट पार्टीको जीवन र इतिहासको हुने गरेको छ । मदन भण्डारीले राजनीतिक कार्यक्रमको रुपमा छोडेर गएका कुरालाई सैद्दान्तिकरण गरेर जबजलाइ विचारको रुपमा भुसालले स्थापित गरेका थिए । भुसालको बहुचर्चित दुइ पुस्तक प्रकाशित छ संकटको पुनारोत्पादन र आजको मार्क्सवाद । भुसालका लेख तथा अन्तर्वार्ताहरु सधै गम्भीर , ओजिलो र चर्चित हुने गरेका छन । भुसालले लेखे पछी , बोले पछी सधै एक प्रकारको तरंग छाउने गर्छ ।

३. स्वच्छ छवी ः आजको धेरै नेतामा नभएको भनेको स्वच्छ छवी हो । अध्यक्ष दाहाल र नेपाल दुवै केहि मात्रामा आलोचित छन । उनीहरु दुवैलाइ बलियो ब्याक अपको रुपमा स्वच्छ छवीको महासचिव चाहिन्छ । आमजनतामा नेताहरु निष्ठावान नरहेको र सबै नेता बिग्रेको भ्रष्टाचारि भन्ने छ । यस्तो अवस्थामा महासचिव जस्तो महत्वपूर्ण पदमा स्वच्छ छवी भएको नेता हुन एकदमै आवस्यक छ । हाल सम्म नेता भुसाल कतै पनि कुनै पनि अनुचित स्वार्थमा जोडिनु भएको छैन । स्वच्छ छवीको नेता देखाएरै अब कार्यकर्तालाइ विस्वासमा लिने हो । नेता भुसालले हाल सम्म सरुवा बढुवा , नियुक्ति आदीमा चासो देखाउनु भएको छैन ।

४. जनयुद्ध प्रति झुकाव ः जनयुद्धलाइ लिएर एमाले पंक्तिमा विभाजित मत पाइन्छ । तर घनश्याम कमरेडले जनयुद्धलाइ नेपाली कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण हिस्साको रुपमा लिनु भएको छ । उहाँले जनयुद्धलाइ बेलाबेलामा आफ्ना लेख रचना तथा भाषणमा जनयुद्धलाइ सामन्तवाद फाल्नमा एक महत्वपुर्ण घटकको रुपमा लिनु भएको छ । भुषालले जनयुद्ध प्रति सम्मान पुर्वक हेर्नुहुन्छ पनि ।  एमाले भित्र त्यो स्तरमा जनयुद्धलाइ अरुले स्वीकारेको छैनन ।

५. युवा नेता ः पार्टी संगठनको सिलसिलामा अध्यक्षद्वय भन्दा पनि महासचिवको बढी दौडधुप हुने गर्छ । बुढा नेताहरुको दौडधुप स्वाभाविक रुपमा कम हुने नै भयो । युवालाइ नेतृत्व पंक्तिमा आकर्षित गर्नलाइ पनि युवा नेता घनश्याम भुसाललाइ महासचिवमा राख्नु पर्छ । भुसालको भाषण लेखमा युवाहरुलाइ तान्ने प्रभावित पार्ने ताकत छ । पुस्तान्तरण तथा नेतृत्व हस्तान्तरणको सवाल पनि जोडतोडका साथ उठिरहेको सन्दर्भमा भुसालको चयन उत्तम बिकल्प हो ।

६. अन्तर्राष्ट्रिय सुझबुझ ः नियमित अध्ययन तथा अंग्रेजी बिषयमा दखलताको कारण नेता भुसालको अन्तर्राष्ट्रिय सुझबुझ बलियो छ । अन्तर्राष्ट्रिय विषयमा भुसालको केहि लेख प्रकाशित पनि छन । भुसालले चिनिया राष्ट्रपति सी चिनफिंगको नेपाल भ्रमणको पुर्व सन्ध्यामा नेपाल चिन सम्बन्ध बारे बिशाल कार्यक्रम समेत आयोजना गर्नु बहेको थियो ।

७. राजनैतिक अर्थशास्त्रको ज्ञान ः कम्युनिष्ट पार्टीको महासचिवले सिधा सिधा जोड घटाउ मात्र जानेर हुन्न । देश बिकासको बिशाल भिजन चाहिन्छ । आजको समयमा अर्थशास्त्रको ज्ञान नहुनेले सिंगो राष्ट्र बिकासको भिजन दिन सक्दैन । भुसालको औपचारिक अध्ययन समाजशास्त्रमा मास्टर्स सम्म भए पनि उहाँको स्वअध्ययन तथा गहिरो लामो मार्क्सवादी अध्ययनले राजनैतिक अर्थशास्त्रको ज्ञान छ ।

उसो त नेताको पद कुनै योग्यताको बुँदा हेरेर दिईने होइन तर आजको युग सुहाउदो नेता हुन कम्तिमा नेतामा यतिको गुन हुनै पर्छ । त्यसमाथि यति बिशाल कम्युनिष्ट पार्टीको महासचिव हुन यी गुन हुनै पर्छ । यसर्थ म कमरेड घनश्याम भुसाललाइ नै नेकपा (नेकपा – दाहाल नेपाल समुह) को महासचिवमा योग्य हुनुहुन्छ बह्न्ने दाबि गर्दछु ।

३ बर्ष अगाडि

प्रतिक्रिया