अझै ८ जीवन बीमा कम्पनीको ५ करोड कित्ता आइपीओ आउँदै

३ बर्ष अगाडि

काठमाडौं – पछिल्लो ३ बर्षमा सञ्चालनमा आएका १० जीवन बीमा कम्पनी मध्ये रिलायन्स लाइफ र प्रभु लाइफले आईपीओ निष्काशन गरिसकेका छन् । यो बाहेक अन्य ८ कम्पनीले पनि आईपीओ निष्काशनको तयारी अगाडि बढाएका छन् । 
उनीहरुले प्रतिकित्ता रु. १०० को अंकितदरमा ५ करोड ५ लाख ५० हजार कित्ता बरावरको आइपीओ ल्याउने तयारीमा गरेका हुन । रकमका आधारमा उनीहरुले ५ अर्ब भन्दा बढीको आईपीओ निकाष्शन गर्नेछन् । 
उनीहरु सबै पब्लीक कम्पनी हुन । उनीहरु सबैले ३० प्रतिशत शेयर सर्वसाधारणलाई दिनेगरि कम्पनीको संरचना बनाएका छन् । बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब चुक्तापुँजी बनाउन पर्छ । सोही अनुसार नै उनीहरूले आईपीओ निष्काशन गर्न लागेका हुन । 
यी मध्ये ज्योति लाइफले आईपीओ निष्काशनकोलागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि मंसिर १९ गते बोर्डमा निवेदन दिएको छ । 
त्यसैगरी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले ७५ लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि रेटिङ सम्पन्न गरेको छ । कम्पनीले इक्रा नेपालमा रेटिङ गराएको हो । कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले इक्रा एनपी आर बिबिबि रेटिङ दिएको हो । 
त्यसैगरी आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपीओ निष्कासन गर्नको लागि रेटिङ गराएका छन् । यी कम्पनीले निष्कासन गर्ने आइपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ । सेबोनमा निवेदन दिन बाँकी सात कम्पनीले आवश्यक प्रक्रिया पुरो गरेर सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि आइपीओ निष्कासन गर्नेछन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया