फाइनान्स कम्पनीहरुले कमाए करिब १९ करोड नाफा

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको मंसिरसम्म फाइनान्स कम्पनीहरुले रु. १८ करोड ९० लाख खुद नाफा कमाएका छन् । हाल नेपालमा २१ फाइनान्स कम्पनीहरु रहेका छन्, उनीहरुले चालु आवको मंसिरसम्म यतिका नाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकको मंसिरसम्मको मासिक तथ्यांकले यस्तो देखाएको हो । कम्पनीहरुको यो नाफा गत आवको नाफा भन्दा पनि बढी हो । गत आवको सो अवधीमा वित्त कम्पनीहरुले रु. ११ करोड ८० लाख नाफा कमाएका थिए । 
गत कात्तिक सम्म भने वित्त कम्पनीहरुले रु. १३ करोड ३० लाख नाफा कमाएका थिए । त्यो अनुसार मंसिरसमा मात्र कम्पनीहरुले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया