काठमाडौं – कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्यको मासिक तलव २ लाख ५० हजार रहेको पाइएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
त्यो अनुसार उनले गत आवमा तलव मात्र रु. ३० लाख रुपैयाँ बुझेको देखिन्छ । यस्तै, उनले गत आवमो दशैं भत्ता बापत थप २ लाख ५० हजार रकम बुझेका छन् ।
यस्तै, उनलाई बैंक दिवस वापत सञ्चालक समितिको निर्णयानुसार उपलब्ध गराइने, औषधि उपचार खर्च वापत ५० दिनको तलब, मासिक टेलिफोन महसूल, एकपटक १ थान मोवाईल सेट अधिकतम रु. २५ हजार सम्म (फिर्ता गर्न नपर्ने) र संचयकोषमा १ महिनाको तलब थप दिइएको प्रतिवेदन उल्लेख छ ।
यस्तै, गत आवमा सञ्चालक समितिका जम्मा ६५ वटा बैठकहरू सम्पन्न भएका छन् । प्रति बैठक बैठक भत्ता वापत रु. ४ हजार, प्रति महिना टेलिफोन सुविधा वापत रु. २ हजार ५००, प्रति महिना पत्रपत्रिका वापत रु. २ हजार, एकपटक १ थान मोवाईल सेट अधिकतम रु. १५,०००।– सम्मको (फिर्ता गर्न नपर्ने)े, बैठकमा आतेजाते सवारी साधन र सवारी साधन प्रयोग नगरेमा मासिक २० लिटर पेट्रोल रकम उपलब्ध गराइएको बैंकको भनाइ छ ।
प्रतिक्रिया