सरकारी स्वामित्वको कृषि विकास बैंकमा नै १ अर्ब लाभांश भुक्तानी हुन बाँकी

३ बर्ष अगाडि

काठमाडौं – सरकारी स्वामित्वको कृषि विकास बैंकमा नै शेयरधनीहरुले १ अर्ब भन्दा बढी लाभाश भुक्तानी लिन बाँकी रहेको देखीएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक बर्षको बार्षिक प्रतिबेदन अनुशार रु. १ अर्ब ७२ करोड ८१ लाख४ हजार ४ं०८ रुपैँया लाभांश लिन कोही शेयरधनी आएका छैनन् । 

उक्त रकम मध्ये पाँच बर्षभित्र पनि कुनै लगानीकर्ताको दाबी नभएको ६ करोड ३७ लाख ६४ हजार ७०० रुपैँयालाई  कम्पनी ऐन २०६३ को अनुसार स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरीएको बैंकले जनाएको छ । 

आर्थिक बर्ष २०६५÷६६मा बैंक सचिति नोक्सानमा भएकाले नेपाल सरकार शेयरधनीले बुझिलिन बाँकी रहेको २७ करोड ६० लाख अग्रधिकार शेयरबापतको लाभांश नेपाल सरकारलाई भुक्तनी उपलब्ध गराईने समेत बैंकले जानकारी गराएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया