मञ्जुश्रीले पारित गर्यो लाभांश, तीन संचालक  निर्वाचित

३ बर्ष अगाडि

मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

कम्पनीले उक्त सभाबाट लगानिकर्ताहरुका लागि प्रस्ताव गरेको लाभांश पारित गरेको छ । 

यस अघि कम्पनीको सञ्चालक समितिले शेयरधनीहरुलाई १८५  वोनश शेयर र कर सहित ५.५५ नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

उक्त सभाले आ।व। २०७७/७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरगराउने सम्बन्धमा आवश्यक कामहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

त्यस्तै,सभाबाट संस्थापक समूहका शेयर धनिहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण शेयरधनिहरुका तर्फबाट दिल मान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया