सिटिजन्स बैंकको नयाँ योजना, कार्ड मार्फत किस्ताबन्दीमा वस्तु खरिद गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं- सिटिजन्स बैंकले मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा वाईयोजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने उदेश्यका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्ड मार्फत किस्ताबन्दी रुपमा सामान खरी दगर्न सकिने योजना ल्याएको हो । 

बैकका अनुसार जसअन्तर्गत ग्राहकहरुले न्युनतम १० हजार देखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्न सक्ने छन्। यस योजनामार्फत ग्राहकहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्ने छन् । 

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गरेका वस्तु तथा सेवाहरूको रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्नु पर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया