एन आई सी एशिया बैंकको क्रेडिट कार्डमा ४५ दिन सम्म ब्याज नलाग्ने

३ बर्ष अगाडि

एन आई सी एशिया बैंकले क्रेडिट कार्डमा निश्चित समय सम्म ब्याज नलाग्ने सुविधा ल्याएको छ । क्रेडिट कार्डको प्रयोगबाट हुने कारोबार बढाउनका लागी बैंकले ४५ दिन सम्म क्रेडिट कार्डमा ब्याज नलाग्ने सुविधा ल्याएको हो । 

यसका लागी बैंकले आजै किनौं, पछि तिरौं योजना ल्याएको छ ।क्रेडिट कार्ड लिनका लागी अनलाईन बाटै आबेदन दिन सकिने ब्यबस्था रहेको समेत  बैंकले जनाएको छ ।

बैकले क्रेडिट कार्डमा ५ लाख सम्मको क्रेडिट सुविधा दिएको छ । त्यस्तै क्रेडिट कार्डको रकम किस्ताबन्दीमा र  सामान किनेको ४५ दिनमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको  बैंकले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया