एनआईसी एशिया बैंकको १९ प्रतिशत बोनस नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं- एनआईसी एशिया बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको १ करोड ८४ लाख ६३ हजार ५३३ दशमलव ९८ कित्ता अर्थात १९ प्रतिशत बोनस सूचीकृत गराएको हो ।

बोनस सूचीकृत भएसँगै उक्त बोनस धितोपत्रको दोस्रो बजारमा माघ ४ गते देखि खरीद बिक्रीमा आउनेछ । बैंकको मंसिर २१ गते सम्पन्न २३ औँ साधारण सभाले सञ्चालक समितिले आ।व। २०७६/७७ बाट प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर तथा १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १० गते बुकक्लोज गरेको थियोे । यसअनुसार बुकक्लोज मितिको अघिल्लो दिन नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले उक्त बोनस शेयर पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया