अब सानिमा बैंकको साखा इमाडोलमा पनि

३ बर्ष अगाडि

 सानिमा बैंक लिमिटेडले ललितपुरमा  नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुरको महालक्ष्मी इमाडोलमा नयाँ शाखा विस्तार गरेको हो । 

बैंकका ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आज शाखाको उद्घाटन गरेका छन् । 

महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि महजोडीले शुभकामना व्यक्त गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया