नेपालमा उडाउनै नपाइने दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलमा, फर्काउन आनाकानी

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दुई वटा पुराना हेलिकोप्टर रिमोर्ट पार्किङमा रहेका छन् । दुई साता अघि यी हेलिकोप्टर बंगलादेशको ढाकाबाट त्रिभुवन विमानस्थल आएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यी दुई हेलिकोप्टरलाई कीर्गिस्तानको नियामक निकायबाटै अनुमति माग भएपछि मात्र त्रिभुवन विमानस्थलमा अवतरणका लागि अनुमति दिइएको हो । एमआई १७ नामका यी दुवै हेलिकोप्टर ३० वर्ष पुराना हुन । 

नेपाल अवतरण गरे सँगै रिमोर्ट पार्किङमा राखिएका हेलिकोप्टरले सुरुमा ९ दिनका लागि पार्किङ गर्न अनुमति लिएका थिए । तर, उक्त हेलिकोप्टर कम्पनीले जनवरी ९ पछि फेरि जनवरी २९ सम्मका लागि समय मागेको छ । 

सोहीअनुसार नागरिक उड्डयन प्राधिकरणले उसलाई पार्किङका लागि अनुमति दिएको छ ।३० वर्ष आयु नाघेका एमआई १७ हेलिकोप्टर किर्गिस्तानबाट नेपाल आएका हुन् । 

नेपालमा १४ वर्षभन्दा पुराना हेलिकप्टर ल्याएमा व्यावसायिक उडान अनुमति पाउँदैनन्।  तर, यी हेलिकोप्टर कहिले यहाँबाट फर्किन्छन् भन्ने तय छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया