नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार माघ ११ बाट

सोमबार, ०५ माघ २०७७, ०८ : ४४

काष्ठमाडौं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार माघ ११ गतेबाट सुरु हुने भएको छ । 

दुवै संस्था मिलि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको नामाबाट एकिकृत कारोबार हुने भएको हो । दुवै संस्थाको गएको पुस २८ गते सम्पन्न भएको साधारण सभाले एकिकृत कारोबारको प्रस्ताव पारित गरेको थियो । 

साथै प्राप्ति प्रश्चात बनेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको केन्द्रीय कार्यलय साविककै काठमाडौं महानगरपालिकाको दरवारमार्गमा रहने पनि बैंकले जानकारी दिएको छ । 

सोमबार, ०५ माघ २०७७, ०८ : ४४

प्रतिक्रिया