काठमाडौं- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक)ले १०.२६ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
आज बैंकको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न भएका २३ औं साधारण सभाबाट उक्त प्रस्ताव पारित गरिएको हो । साथै, सभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।
बैंकले आर्थिक वर्ष २०७६र७७ मा ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।
त्यस्तै बैंकले सभाबाट संस्थापक समुह “क” बाट तीन जना र सर्वसाधारण समुह “ख” बाट एक जना महिला सहित जम्मा छ जना सञ्चालकहरुको निर्विरोध रुपमा चयन पनि गरेको छ ।
साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।