मिर्मिरे लघुवित्तको नाफा करिब दोव्वर, तथा खराव कर्जा भने ह्वात्तै बढ्यो

३ बर्ष अगाडि

काठमाडौं – मिर्मिरे लघुवित्त वित्तिय संस्थाले चालु आवको पहिलो त्रैमासमा ७ करोड ५१ लाख ४१ हजार खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा लघुवित्तले रु. ३ करोड ९८ लाख ४ हजार खुद नाफा कमाएको थियो । 
 यस्तै, समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ६७ करोड ५३ लाख निक्षेप संकलन गरेको छ । कर्जातर्फ भने कम्पनीले रु. ५ अर्ब ४६ करोड ९० लाख प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले समिक्षा अवधीमा रु. ३१ करोड ८६ लाख २७ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने १७ करोड ९२ लाख ९० हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २० करोड ५४ लाख जम्मा गरेको छ । 
यस्तै, कम्पनीको खराव कर्जा भने बढेको छ । गत आवको समिक्षा अवधीमा कम्पनीको खराव कर्जा १.४८ प्रतिशत थियो । तर, अहिले त्यो बढेर २.८० प्रतिशत पुगेको छ । कम्पनीले जम्मा खराव कर्जाको ८८.९२ प्रतिशत कर्जालाई भने प्रोभिजनीङ गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ३७.९४ प्रतिशत, मुल्य आम्दानी ३८.०९ , तरलता अनुपात २४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १५१.५५ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १५३६.५१ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया