कोरोना महामारीमा पनि नयाँ उद्यमशिलता प्रति बढ्दो आर्कषण, नयाँ कम्पनी दर्ता गर्ने ह्वात्तै बढे

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको महामारीका बाबजुद पनि नेपालमा उद्यमशिलता तथा बिभिन्न प्रकारका व्यवसाय प्रति आर्कषण बढेको पाइएको छ । कोरोना कारण अधिकांश क्षेत्र प्रभावित हुदाँ पनि उद्यमशिलता तथा बिभिन्न व्यवसाय प्रति आम मानिसको आर्कषण बढेको देखिएको हो ।
पछिल्लो समय कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएका नयाँ कम्पनीहरुको संख्याले यस्तो देखाएको हो । चालु आर्थिक बर्षको मंसिरसम्म दर्ता भएका नयाँ कम्पनीको सख्या ८.७ प्रतिशतले बढेको छ । त्यो अनुसार पछिल्लो समय नयाँ उद्यम गर्न चाहाने व्यक्तिहरुको सख्या बढेको पुष्टी हुन्छ । 
गत आवको मंसिरसम्म कुल ११ हजार १६ ओटा नयाँ कम्पनी दर्ता भएका थिए । तर, चालु आवको समिक्षा अवधीमा ११ हजार ९७६ नयाँ कम्पनी दर्ता भएका छन् । गत आवको समिक्षा अवधमिा दर्ता हुने नयाँ कम्पनीको सख्या घटेको थियो । तर, अहिले कोरोना महामारीमा दर्ता हुने कम्पनीको संख्या बढेको छ । 
कम्पनीको संख्यामा भएको बृद्धिले कोरोना महामारीको बाबजुद पनि आर्थिक क्रियाकलाप सुधारोन्मुख रहेको अर्थ मन्त्रालयको पछिल्लो अर्थ बुलेटिनमा उल्ेलख छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया