काठमाडौं –नेपाल राष्ट्र बै.क कर्मचारी संघ, थापाथली समिति तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक थापाथली इकाईको ८ औं एकता अधिवेशन सम्पन्न भएको छ । गत हप्ता काठमाडौंमा उनीहरुको एकता अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले डिल्ली कुमार थापाको अध्यक्षतामा ९ सदस्यीय नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समिति तथा ११ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु चयन भएको छ । उक्त समितिमा उपाध्यक्ष वासु रिजाल, सचिव वेदनिधि (बिएन) सापकोटा, सहसचिव लुमणि खनाल, कोषाध्यक्षमा प्रकाश पोखरेल रहेका छन् । यस्तै, सदस्यहरुा राजेश अर्याल, शोभा पाठक, प्रकाश अधिकारी, टंक प्रसाद वाग्ले रहेको नव निर्वाचति सचिव विएम सापकोटाले बताए ।
निर्वाचित पदाधिकारीहरुलाई एकता संयोजन समितिका संयोजक तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्रप्रसाद तिम्सिना एवम् संघका महासचिव गोविन्द प्रसाद भण्डारीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, थापाथली समितिका अध्यक्ष श्रीलाल कार्कीको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिएको थियो । अधिवेशनको उद्घाटन सत्रमा एकता संयोजन समितिका संयोजक रुद्रप्रसाद तिम्सिना र सह संयोजक रेशम बहादुर बल्छौंडीले विशेष अतिथिको रुपमा सम्बोधन गरेको थिए ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।