काठमाडौं – चालु आवको दोस्रो त्रैमासमा रु. ९ करोड ४ लाख नाफा कमाएको वित्तिय विवरण सार्वजनिक गरेको लक्ष्मी लघुवित्त वित्तिय संस्थाको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।
यसअघि कम्पनीको शेयर मुल्य १५९० रुपैयाँ थियो । आज त्यो १५९ अंकले बढेर १७४९ पुगेको छ । आन १६२१ विन्दुबाट उक्त कम्पनीको शेयर कारोबार खुलेको थियो ।
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खदिर गर्न चाहाने र बिक्री गर्न चाहाने लगानीकर्ता देखिएका छन् ।
प्रतिक्रिया