कोरोनाकालमा खस्केका आँखा अस्पताल पुरानो लयमा फर्कन वर्षौँ लाग्छ

आइतबार, १८ माघ २०७७, १४ : २०

काठमाडौं – कोरोना अघि दैनिक ४५ देखि ५० सङ्ख्यामा बिरामी उपचार हुने काठमाडौं नयाँ बानेश्वरको दृष्टि आँखा अस्पतालमा अहिले १५ देखि २० जनाको हाराहारीमा बिरामीहरू उपचारका लागि आउँछन् ।
 
बानेश्वरमा मात्र होइन, दृष्टिको कलङ्की, टोखा, चाबहिल, जमल लगायत देशभर रहेका १९ वटा शाखामै बिरामीको अवस्था उस्तै छ । 

यस्तै ४० देखि ५० को सङ्ख्यामा बिरामी उपचार हुने काठमाडौंको बानेश्वरमा रहेको एएसजी अस्पतालमा पनि कोरोना पछि दिनमा २० देखि २५ जनाको हाराहारीमा बिरामीहरू उपचारका लागि आउँने गरेका छन् । 

यस्तै काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालमा कोरोना अघि ४ सय देखि ५ सयको हाराहारीमा बिरामी उपचारका लागि आउँने गथ्र्ये । तर कोरोना पछि ४० देखि ५० को हाराहारीमा बिरामीहरू उपचारका लागि आउँने गर्छन् । 

यी तीनवटा प्रतिनिधि उदाहरण हुन, जसबाट कोरोनाकालपछि नेपालमा आँखा उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या घटेको छ । हुन त अस्पताल नजानुलाई बिरामी घटेको भनेर राम्रै रुपमा लिइन्छ । 

तर चिकित्सकहरूका अनुसार अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको संख्या घट्नुका दुई कारण छन् । एउटा, कोरोना भाइरसको आक्रमणको कारण घरभित्र बस्नुपर्ने भएकोले बिरामी नै घटे । दोश्रो, कोरोना संक्रमण हुने डरले सामान्य आँखाको समस्या हुँदापनि घरमै समाधान गरे, अस्पताल गएनन् ।


 
बिरामी घटेपछि अस्पतालको आम्दानी घट्यो  
आँखा उपचारका लागि आउने बिरामी घटेसँगै अस्पतालको आम्दानी पनि ह्रास भएको छ । दृष्टिका मेनेजर निज्जल प्रधानका अनुसार यसले अस्पताललाई ठूलो घाटा लागेको छ । ‘पहिला मासिक आम्दानी ४ देखि ५ लाख थियो, तर अहिले १ देखि २ सम्म मात्र हुने गरेको छ’, उनी भन्छन्, ‘५ महिना त क्लिनिक बन्द नै भयो अहिले स्वास्थ्य मापदण्ड पालना गरेर क्लिन खोली रहेका छौ । तर पुरानो लयमा फर्कन धेरै नै गाह्रो छ ।’ 

त्यस्तै ए एस जी आखा अस्पतालका मेनेजर भोला केसीले कोरोनाले अस्पतालाई धेरै नै प्रभाव पारेको बताए । कोरोना अघिको तुलनामा अहिले आर्थिक अवस्था पनि धेरै खस्केको उनले बताए । ‘पहिलो दिनमा ४० देखि ५० को हाराहारीमा बिरामी आउने गथ्र्थे अहिले २० देखि २५ जनामा झरेको छ ।’ उनले भने ।
 
लकडाउनको समयमा घर भाडामा २५ प्रतिशत छुटले थोरै मात्रमा राहत मिलेको उनले बताए । नेपाल सरकारले पनि उक्त बन्दाबन्दिको बेला करमा केही मात्रामा  छुट दिएको भए व्यवसायमा केही राहत मिल्ने तर छुट नदिएको भन्दै उनले गुनासो पोखे ।


 
कोरोनापछि अस्पतालमा बिरामीको सङ्ख्यामा प्रभाव
लकडाउनको समयमा ५ महिना त क्लिनिक नै बन्द गर्नु परेको र कोरोना पछि आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या ५० प्रतिशत घटेको दृष्टि आँखा केन्द्रका मेनेजर निज्जल प्रधान बताउँछन् । उनले भने ‘कोरोना अघि ४५ देखि ५० को हाराहारीमा आँखाको बिरामीहरू उपचारको लागि आउने गर्थे,  तर अहिले १५ देखि २० जना मात्र आउँने गर्छन् ।’

त्यस्तै एएसजी आँखा अस्पतालको हालत पनि यही रहेको छ । अस्पतालका मेनेजर भोला केसीले भने, ‘लकडाउनको समयमा अस्पताल ५/६ महिना बन्द भयो अहिले परिस्थिति केही मात्रामा सहज भए सँगै अस्पतालले आफ्नो कार्य थालनि गरेको छ तर पहिलेको तुलनामा ५० प्रतिशत नै बिरामीको संख्या घटेको छ ।’
 
नेपाल आँखा अस्पतालमा त पहिलेको तुलनामा अहिले झनै धेरै घटेको छ । अस्पतालको चस्मा विभागका कर्मचारी विनोद पुरीका अनुसार पहिले ४ सय ५ सयको हाराहारीमा आँखाका बिरामीहरू आउने गथ्र्र्ये । तर अहिले ४० देखि ५० को हाराहारीमा मात्र बिरामी आउने गर्छन् । 

उनले भने, ‘पहिला ४० देखि ५० को हाराहारी बिरामीहरू आउँने गर्थे । कोरोना पनि बिरामीको संख्या पुरै घटेको छ । बिरामीको संख्या कोरोना मात्र नभएर धेरै अस्पतालहरु खोलिएको कारण पनि हुन सक्छ ।’ 

विरामी संख्या घट्नुको कारण 
अस्पतालमा विरामी संख्या घट्नुको प्रमुख कारण कोरोना भए पनि केहि हतमा मानिसहरु चेतानको विकास भएको पनि बताउँछन् एएसजी अस्पतालका मेनेजर भोला केसी । 

उनले भने, ‘अस्पतालमा बिरामीको संख्या घट्नु विशेष कारण त कोरोना नै हो । कोरोनाका कारण धेरै मानिस भित्र नै बस्नु पर्यो धुलो धुवाबाट केही हतमा बच्न पाए । साथै अहिले मानिसहरु धेरै जसो आँखा बिरामी नभए पनि आँखालाई सुरक्षाका लागि चस्मा लाउने गर्छन् यसले गर्दा पनि आँखा बिरामीको संख्याहरु केहि हतमा घट्दै गएको छ ।’

यस्तै दृष्टि आँखा केन्द्रका मेनेजर निज्जल प्रधान भन्छन्, अस्पतालमा विषेश गरेर त कोरोनाको कारणले नै बिरामीआँखा उपचारमा नआएका हुुन् । अहिले पनि कोरोनाको त्रास पूर्ण रुपमा नियन्त्रण भइसकेको छैन । त्यसमा पनि मानिसहरु विषेश गरि अस्पताल अथवा डाक्टरहरुबाट कोरोना सर्छ भन्ने मानसिकता राख्ने गर्छन् ।’

नेपाल आखा अस्पतालका चस्मा विभागकका कर्मचारी विनोद पुरीका अनुसार कोरोना सँगै आँखा अस्पतालका संख्याहरु पनि वृद्धि भएका कारण बिरामीहरू आफूलाई पायक पर्ने ठाउँमा उपचार गर्न जने गर्छन् त्यसैले पनि अहिले बिरामीहरुको संख्या घटिरहेको छ । 

साथै अहिले प्रविधिको विकास सँगै कम्प्यूटर मोबाइल प्रयोग कर्ताको संख्या पनि बढेको छ । र कम्प्यूटर मोबाइल जस्ता उपकरणहरु चालाउँदा धेरै जसो मानिसहरु आँखा सुरक्षाको लागि चस्मा लाउँने गर्छन् र औषधि पनि साथमा नै राख्ने गर्छन् । 

आँखाको सल्यक्रिया नै गर्ने स्थितिमा मात्र प्राय जसो मानिसहरु अस्पताल आउने गर्छन् । नभए घरमै बसेर औषधी चस्माहरु प्रयोग गरिरहेका हुन्छन् । यही कारण पनि अस्पतालमा बिरामीहरुको संख्या घटेको आँखा अस्पतालहरु बताउँछन् ।


 
कुन अस्पतालमा कस्तो सुविधा 

दृष्टि आँखा केन्द्रका मेनेजर निज्जल प्रधानका अनुसार आँखा केन्द्रले विहान १० बजे देखि बेलुका साढे ६ बजे सम्म सेवा दिदै आएको छ । आँखा उपचारका लागि आउँने बिरामीहरुको लागि औषधिको मूल्य निश्चित रुपमा रहेता पनि चस्माको मुल्य भने फरक फरक रहेको छ ।

चस्माको सिसाको क्वालिटी अनुसार महंगो र सस्तो भएको मेनेजर निज्जल प्रधान बताउँछन् । ‘चस्माको मुल्य क्वालेटि अनुसार ४ सय ५० देखि ३८ हजार सम्मको रहेको छ । बिरामीहरू आउँनु हुन्छ आफ्नो क्षमता अनुसारको चस्मा लागाउँनु हुन्छ ।’ उनले भने ।

चस्मा तथा सिसाहरु धेरै जसो चीनबाट आयत हुने र आँखा परिक्षणका उपकरणहरु भने एजेन्ट मार्फत ल्याउने गरेको निज्जलले बताए । 
त्यस्तै ‘नमुना आँखा अस्पताल’को उपमा पाएको एउटा आँखा अस्पतल हो ‘नेपाल आँखा अस्पताल’ । काठमाडौँको त्रिपुरेश्वरमा वि।सं। २०३० सालमा स्थापना भएको यो अस्पताल, नेपालको पहिलो आँखा अस्पताल पनि हो ।
 
यहाँ दैनिक बिरामीको संख्या दैनिक ५ सयको हाराहारिमा आउने गर्छन् । अस्पतालहरुबीच बढिरहेको प्रतिस्पर्धा र चुनौतिबीचमा पनि नेपाल आँखा अस्पतालले बिरामीलाई न्यूनतम शुल्कमा सेवा दिँदै आइरहेको छ। बिरामीले अस्पतालमा बिहान ८ बजेदेखि १२ बजेसम्म ८० रुपैयाँ र दिउँसो तीन बजे पछि ३ सय रुपैयाँ शुल्क तिरेर उपचार गराईरहेका छन्।

दिनमा करिब २० देखि २५ जनाको शल्यक्रिया हुने गर्छ । अहिले अस्पतालमा १४ जना आँखा विशेषज्ञ कार्यरत छन् । त्यस्तै चस्मा विभागमा ६ जना रहेको छ । अस्पतालमा चस्माको सिसा २ सय देखि १५ सय सम्ममा पाइन्छ भने चस्माको मुल्य ८ सय देखि १ हजार सम्मको रहेको छ । 

अस्पतालका चस्मा विभागका विनोद पुरीका अनुसार अस्पताले बिरामीले आफ्नो अर्थिक अवस्था र क्वलेटि अनुसार चस्मा खरिद गर्ने गरेका छन् । तर, तर अस्पतालमा उपचारका लागि आउँने मध्ये २० प्रतिशतले मात्र अस्पतालमा चस्मा खरिद गर्ने र अन्यले भने अन्तै ठाउँनै जनाए पुरीले बताए ।
   
त्यस्तै काठमाडौंको बानेश्वरमा रहेको ए एस जि आँखा अस्पतालले पनि विहान ८ बजे देखि बेलुकी ६ बजे सम्म आँखा बिरामीहरुलाई सेवा दिदै आइरहेको छ । अस्पतालमा दिनमा ४० देखि ५० जनाको हाराहारीमा बिरामीहरू आँ उपचारका लागि आउने गर्छन् । 

अस्पतालमा ४ सय देखि १ लाख र १ लाख सम्मका चस्मा हरु पाइन्छ । त्यो बिरामीले आफ्नो आर्थिक अवस्था र क्वालेटि अनुसार लाउने अस्पतालका मेनेजर भोला केसिले बताए । उनले भने ‘हाम्रोमा सिसाको क्वलिटी अनुसार चस्मा पाइन्छ । राम्रो सिसा भएको चस्मा महङ्गो पर्ने र प्यासेन्जरहरुले पनि त्यहि अनुरुप चस्मा लाने गरेका छन् तर हामि यो नै लाउँन पछै भरेर फोर्स चाहि गर्दैनौ ।’

सिसा, चस्मा र उपचारका उपकरणहरु धेरै जसो भारतबाट आयात हुन र अन्य देशबाट पनि आयात हुने केसीले बताए । अहिले प्रविधिको विकास सँगै विभिन्न प्रकारका कन्टेक्स लेन्सहरुको माग बढेको छ । मानिसहर फेसनका लागि पनि कन्टेकस लेन्स लाउने गर्छन् । तर फेसनका लागि भने आँखा सम्बेदनशिल अंग भएको कारण अस्पताले बिरामीहरुलाई लेन्स दिने नगरेको पनि उनले बताए ।
 
चुनौति 

चस्मा, सिसा र आँखा परिक्षणका उपकरणहरु नेपालमा पाइँदैन यसको आयात अन्य मुलुकबाट आयात गर्नु पर्ने हुन्छ । त्यसैले भनेको समयमा सामान उपलब्ध हुँदैन साथै सामान अलिक महङगो पनि हुने गर्छ ।

अहिले धेरै आँखा अस्पतालहरु खोलिएको कारण प्रतिस्पर्धात्मक हुने भएकोले यसको धेरै नै चुनौति हुने दृष्टि आँखा केन्द्रका निज्जल प्रधानले बताए । 

 
 

आइतबार, १८ माघ २०७७, १४ : २०

प्रतिक्रिया