नेप्सेमा कीर्तिमानी काराेबार, परिसुचक पनि २५ सय २४ अंकका साथ हालसम्मकै उच्च विन्दुमा

३ बर्ष अगाडि

धितोपत्र कारोबारको दोस्रो बजार नेप्सेमा आइतबार दुईवटा नयाँ कीर्तिमान कायम गरेको छ ।  नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दुमा पुगेसँगै कारोबार पनि सबैभन्दा धेरै भएको हो । 

आइतबार २४७५.२६ को बिन्दुबाट सुरु भएको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ४८.७४ अंकले बढेर २५२४ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको हो । १.९७ प्रतिशतले नेप्से परिसूचक बढ्दा आइतबार शेयर पनि रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ बराबरको  खरीदविक्री भएको छ । यसअघि यसअघि रू. ९ अर्ब ८९ करोड कारोबार गरेकोमा आइतबार उक्त रेकर्ड ब्रेक भएको छ । 

सेन्सेटिभ पनि ५।३० अंकले बढेर ४५९.३२ को बिन्दुमा पुगेको छ । अन्तिम समयसम्म कारोबारमा आएका २०२ कम्पनिको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर ८७ हजार ६७० पटक खरिद बिक्री १० अर्ब ४४ करोड १९ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

सेयर बजार बुलिस ट्रेन्डमा हिँडेर २५०० विन्दुलाई सजिलै पार गरेपछि लगानीकर्ता उत्साहित भएका छन भने बजारमा नयाँ माहोल देखिएको छ । 
दोस्रो बजारमा नयाँ लगानीकर्ताको कारोबार, बैंकमा देखिएके अधिक तरलताका कारण सस्तो ब्याजदरका कारण पनि कारोबार बढेको हुनसक्ने आँकलन गरिएको छ । यसका साथै सेयर बजार प्रविधिमैत्री बनेको र विश्वभरबाट नेपालीहरुले दोस्रो बजारमा आफै कारोबार गर्न सक्ने भएकोले बजारमा सकारात्मक प्रभाव परेको बताइएको छ । 

आइतबार  सर्वाधिक कारोबार भने हिमालयन डिष्टीलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू। ५३ करोड १७ लाख ४९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।

लघुवित्त र फाइनान्स कम्पनीको सेयर बढेसँगै आइतबार कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार ८ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ भने  अन्य २८ कम्पनीको कारोबार पनि सर्किट लेभलमा पुगेका छ । 

कारोबारमा आएका १२ उपसमुहमध्ये ३ तीन उपसमुह ओरालो लागेको छन् । बैकिङ समुह ३।७१ अंकले, विकास बैंक समुह ०।१७ अंकले र सामुहिक लगानी कोष ०।०४ अंकले ओरालो लागेको छन् । नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी अर्थात् ६ दशमलव २७ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयर मूल्य आइतवार घटेर प्रतिकित्ता रू। २९९ कायम भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया