समय थप गर्दा कारोबार रकम बढ्यो, परिसूचकमा भने दोहोरो अंकको करेक्सन

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । 

हिजो मात्र नयाँ रेकर्ड कायम गरेको नेप्सेमा आज २७ अंकको गिरावट देखिएको छ । 

आज नेप्से २७.३६ अंकले घट्दा २५ सय ३४.१२ को विन्दुमा पुगेको छ ।

आज नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आएको प्राविधक समस्याका कारण कारोबारको समय ३५ मिनेट थप गरिएको थियो । 

समय थप भएसँगै आज नेप्सेमा कारोबार रकम भने बढेको छ । आज नेप्सेमा ३ बजे सम्ममा जम्मा ५ अर्ब कारोबार भएको मा ३५ मिनेट समय थप हुदाँ कारोबार रकम ८ अर्ब १४ करोड पुगेको छ । 

आज कारोबारमा आएका १९४ कम्पनीहरु मध्य १२५ कम्पनीको शेयर मूल्य घटेको छ भने ३२ कम्पनीको शेयर मूल्य बढेको छ । 

आज फाइनान्स र विकाश बैंकको उपसमूह मात्र बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया