कारोबारको तेस्रो घण्टा : नेप्सेमा ७.२५ अंकको वृद्धि, कारोबार रकम साढे ५ अर्ब मााथि

३ बर्ष अगाडि

काठमाडौं-  आज साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) कारोबारको तेस्रो घण्टासम्म आउँदा ७.२५ अंकले  बढेको छ । कारोबारको सुरु भएको तेस्रो घण्टा सम्म परिसुचक ०.२९ प्रतिशतले उकालो लागेर २५५०.२८ को बिन्दुमा पुगेको हो । 

२ बजेसम्म आइपुग्दाँ १२ उपसमुह  मध्ये ४ उपसमुह बढेका  छन् भने ८ वटा उपसमुह ओरालो लागेका छन् ।
 
कारोबारमा आएका २ सय २ कम्पनीको १ करोड ९४ लाख ४ हजार ५ सय ३३ कित्ता शेयर ४८ हजार ६ सय ६ पटक खरिद बिक्री भएको छ । 

यस्तै कारोबारको तेस्रो घण्टा सम्म ५ अर्ब ६१ करोड २ लाख ७० हजार ४ सय ६७ रुपैँया बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया