स्वरोजगार लघुवित्तको साधारण सभा फागुन २९ मा,बोनस शेयर प्रस्ताव कति ?

आइतबार, ०९ फागुन २०७७, ०९ : १७

काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न फागुन २९ गते, शनिबार साधारण सभा बोलाएको छ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा गर्ने भएको छ । सो सभा बिहान ११ः३० बजे शुरु हुनेछ।

चुक्ता पूँजीको १२.३९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख ३७ हजार १२० रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ पुग्नेछ।

आइतबार, ०९ फागुन २०७७, ०९ : १७

प्रतिक्रिया